CDONETWORK

  Saturday , December 13 , 2025 2:26PM


मेरो कलमको मसी सकियो

post_image
मसी सकियो मैले फ्याँकिदिएँ - घलेभाइ
मेरो कलमको
मसी सकियो
मैले फ्याँकिदिएँ
मेरो कपीको
पाना सकियो
— फ्याँकिदिएँ
मेरो लुगा थोत्रियो
— फ्याँकिदिएँ
मेरो जुत्ता फाट्यो
— फ्याँकिदिएँ
मेरो कपाल
लामो भयो
छाँटेर फ्याँकिदिएँ
मेरो नङ
लामो भयो
काटेर फ्याँकिदिएँ ।

र एकदिन
मेरो शरीर
निस्प्राण हुनेछ
अनि
सबैले मिलेर—
फ्याँकिदिनेछन् ।
           ✍️ घलेभाइ





Leave comment